बुटवल,८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाे जानकिनगरस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।
सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा कल सेन्टरमा छापा मारेको प्रहरीले जनाएको छ ।
तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगरमा ४ तल्लाकाे घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि कल सेन्टरमा काम गर्ने १५० कर्मचारीलाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएको छ ।
चिनिया र भारतीय नागरिक समेतको लगानीमा खाेलीएकाे उक्त कल सेन्टरबाट सर्वसाधारणको माेबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्याे भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जानकारी दिए ।
१५० जना बढी महिला तथा पुरुष कर्मचारीलाई रोजगारी दिएर खुलेको सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको जनाए नि अबैध कार्यको विषयमा प्रहरीले खुलाएको छैन । साे क्रममा प्रहरीले दुई सय बढिलाई जियन्त्रणमा लिएको छ ।






