बुटवल,१ साउन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभाको बैठक जाज पनि स्थगित भएको छ ।
गणपुरक संख्या नपुगेको भन्दै तिलोत्तमाको नगर सभा बैठक आजको बैठक पनि स्थगित भएको हो ।
बैठक आर्थिक वर्ष २०७९÷०८० का लागि प्रस्तावित बजेट आज आइतबार पनि पास हुन सकेन ।
नगर प्रमुख रामकृष्ण खाँणले नगरसभामा गणपुर संख्या नपुगेको भन्दै बैठक स्थगित गरेपछि नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नाराबाजी गरेका थिए ।
यसअघि असार ३१ गते बोलाइएको बैठकमा पनि गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख खाँणले बैठक स्थगित गरेका थिए ।
बहुमत सदस्य रहेको नेकपा एमालेका जनप्रतिनिधिहरुले बैठक स्थलमा उपस्थित भए पनि हाजिरी पुस्तिकामा हस्ताक्षर नगरेका कारण गणपूरक संख्या नपुगेको बताइएको छ ।






