बुटवल,२० असार ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुंदा देशले समस्या भोग्नु परेको बताएका छन् ।
अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउंदै उनले आफुलाई ठूलो दलको नेता हु भन्नेहरुले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशी कमाउने तर्फ लाग्दा देश संकटमा फस्न लागेको बताए ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको महङी, भ्रष्टाचारविरुद्वको कोणसभामा बोल्दै राज्यले अध्यक्ष केसीले राजनीति जनताको सेवा गर्ने माध्यम भए पनि सत्तामा बस्ने सिमित मान्छेले राजनीतिलाई पैसा आर्जन गर्ने व्यवसाय बनाएका कारण देशको अवस्गा बिग्रदै गएको बताए ।
उद्योग धन्दा, कल कारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफुहरुलाई ठूलो पार्टीको नेता हु भन्नेबाटै देश कता लान्छन भन्ने डर भएका उनको भनाई छ ।
ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरुबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको उनको आरोप छ ।
सरकारले महङी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसा लगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको बताउदै उनले उद्योग, कलकारखान खोल्ने बेला देशमा सांसद र मन्त्रीहरुको कारखाना खोलिएको टिप्पणी गरे ।
एउटा देशलाई फुटालेर आठवटा देश बनाउनेहरुका कारण देश पछाडी परेको उल्लेख गर्दै उनले एउटा देशका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न नसक्ने बताए ।
उनले प्रदेश खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कल कारखाना सञ्चालनमा लगानी गर्नुपर्ने बताए ।
किसानलाई चाहिने मल,विउ र रोजगारमूलक उद्योग, कलकारखाना नखोल्दासम्म देशले निकास पाउन नसक्ने बताउदै अध्यक्ष केसीले कृषि प्रदान देश नेपालका किसानहरुले खेतीपाती गर्ने समयमा मल, विउ नपाउनु दुखद् पक्ष भएको बताए ।
गलत मान्छेलाई भोट नदिन आग्रह गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले भोट दिंदा त्यो पार्टीको नीति, सिद्वान्त र कार्यक्रम बुझेर भोट दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, लालचन पन्थलगायतले बोल्दै जनताले थेग्नै नसक्ने गरी महङी, भ्रष्टाचार बढेकाले यसका बिरुद्व आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए ।






