बुटवल,१५ असार ।
लुम्बिनी प्रदेश सभामा प्रस्तुत भएका खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको छ ।
आज बसेकाे प्रदेश सभाको बैठकमा खर्च कटौती प्रस्ताव कर्ता प्रदेश सभा सदस्यहरूलाई आफुले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव फिर्ता लिन चाहे फिर्ता लिन सभामुख पुर्णबहादुर घर्तीले दिएको समयमा प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सभामुख पुर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयहरूकाे शिर्षकहरूमाथी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल,भाेज प्रसाद श्रेष्ठ,कुल प्रसाद पाेखरेल,खड्ग बहादुर खत्री, सरस्वती गाैतम र तुल्सी प्रसाद चाैधरीले खर्च कटौतीको प्रस्ताव पेस गरेका थिए ।






