बुटवल,१४ असार ।
लुम्बिनी प्रदेश सभाका सभामुख पुर्ण बहादुर घर्तीले सदनमा छलफल चलिरहेका बेला सदन छाडेर नहिड्न सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरूकाे ध्यानाकर्षण गराएका छन् ।
सदनमा आफ्ना कुरा राखेर । अरूको कुरा नसुन्ने प्रबृत्ति देखिएको भन्दै सभामुख घर्तीले सदनमा आफ्नो कुरा मात्रै राख्ने नभई अरूको कुरा पनि सुन्नु आवश्यक रहेको भन्दै आफू बाेलिसकेपछि सदन छाडेर नहिड्न मन्त्री तथा प्रदेश सभा सदस्यहरूकाे ध्यानाकर्षण गराएका हुन् ।
संघीय लाेकतान्त्रिक अभ्यासमा आफ्नो भनाइ राख्ने मात्र नभई अरूका भनाइ अरूका भनाइ पनि सुन्ने संस्कारले नै संसदीय मर्यादा र गरिमालाई उचाे बनाउने भएकोले बिशेशगरि सरकारका मन्त्रीहरू तथा प्रदेश सभा सदस्यहरूलाई साे गरिमा कायम राख्न ध्यानाकर्षण गराइएको छ ।
प्रदेश सभामा हाल विनियोजन विधेयकमाथि मन्त्रालयगत शिर्षकमा छलफल जारी रहेको छ ।






