बुटवल, ४ असार
महिलाहरुको शैक्षिक विकास र बौद्धिक क्षमता अभिवृद्धि गर्दै आएको साधना महिला विद्यालयलाई लायन्स क्लबहरुले संयुक्त रुपमा विभिन्न सहयोग सामग्री वितरण गरेका छन ।
लायन्स क्लब अफ बुटवल खस्यौली, लायन्स क्लब अफ शंकरनगर बाटिका र लायन्स क्लब अफ शिद्घबाबा भृकुटीको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं ६ स्थित बिधालयलाई एक थान टेबुल फेन, ३० थान प्लास्टिक कुर्सी वितिरण गरिएको हो । विद्यालयको माग अनुसार नै सामग्री वितरण गरिएको लायन बर्ष २०२१/२२ का अध्यक्ष विष्णु उपाध्यायले बताए।
एक कार्यक्रमका बिच लायन्स ३२५ पि वर्ष २०२२/२३ का निर्वाचित गभर्नर लायन नवराज न्यौपाने, द्घितिय भ्वाईस गभर्नर लायन पुरुशोत्तम प्रधानाङ्ग, लायन्स कलब अफ शकरनगर बाटिकाका अध्यक्ष सुमित्रा न्यौपाने शिद्घबाबा भृकुटीका अध्यक्ष अमृता कार्कीले साधना महिला विद्यालयकी प्राचार्य बिष्णु कुमारी गौतमलाई सामग्री हस्तान्तरण गरेका छन।
कार्यक्रममा लायन्स ३२५ पि वर्ष २०२२/२३ का निर्वाचित गभर्नर लायन नवराज न्यौपानेले समाजको आवश्यकता बुझेर सहयोग भावना आजको आवश्यकता भएको बताए। महिला सशक्तिरणको अभियानमा बल पुग्ने गरि क्लबबाट सहयोग गरिएको उनले बताए।