भैरहवा,४ असार ।
भैरहवा स्थित गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहना सहित एक यात्रु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पाकाे रिब्दीकोटका राजेन्द्र कुवर रहेका छन् ।
जजिरा एयरलाईन्सको विमान मार्फत कतारबाट कुवेत हुदै भैरहवा आएका कुँवरलाई अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तिर्थराज पासवानले जानकारी दिए ।

यात्रुले मोजामा लुकाइराखेको अवस्थामा १ सय २२ ग्राम गहना बरामद गरिएको हो । बरामद भएका सामग्रीहरूमा ३ वटा सिक्री र १ वटा बास्लेट रहेको छ ।
उक्त गहनाकाेअन्दाजी मूल्य ९ लाख ९० हजार रूपयाँ बराबरकाे रहेको भन्सार कार्यालयले जनाएको छ । विहान करिब ६ बजे भैरहवा अवतरण गरेको विमानमा सवार यात्रुको भन्सार चेकजाँचको क्रममा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त सामग्री बरामद गरेको हो । पक्राउ परेका युवा काम गरेर नेपाल फर्केका हुन कि होइनन् भन्ने बिषयमा अझै खुलिसकेकाे छैन ।