बुटवल,१ असार । बुटवल उपमहानगरपालिका वाड न १३ निवासी समाजसेवी युवा गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देही का सचिब केशब खनालले लुम्बिनी प्रादेशिक अस्पताल को इमर्जेन्सी बिभाग मा रहेका बिरामिहरुलाइ फलफूल वितरण गरेर जन्मदिन मनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका का प्रमुख खेलराज पान्डेले बिरामिहरुलाई फलफुल बितरणगरि जन्म दिन मनाएकोमा खनाललाई धन्यवाद दिए ।
अस्पताल का प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले
जन्म दिनको अबसरमा यसरि अस्पतालमा आएर फलफुल बितरण गरेकोमा खनाललाई धन्यबाद दिदै आगामि दिनमा पनि निश्वार्थ तरिकाले निरन्तर समाजसेवामा लाग्न आग्रह गरे ।
कार्यक्रमका अध्यक्ष भरत पुरीले संस्था सधै सेवामा समपिर्त भएर विभिन्न किसिमका रचनात्मक अभियानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
आफ्नो जन्म दिनमा आफुले ठुलो होटलमा फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको खनालले बताए ।