बुटवल, २० जेठ ।
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडको नयां शाखा शुभारम्भ भएको छ ।
शुक्रवार एक कार्यक्रमका बीच कपिलवस्तुको तौलिहवामा बैंकको नयां शाखा शुभारम्भ भएको हो । बुटवलमा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तरको शाइन रेसुंगाको योसंगै देशैभरि ८४ शाखा संचालनमा आएका छन् ।
नयां शाखाको उद्घाटन गर्दै कपिलवस्तु नगरपालीकाका प्रमुख सुदीप पौडेलले तौलिहवाको विकासमा वित्तिय संस्थाको सहभागिता र उपस्थितीले ठुलो महत्व राख्ने बताए । उनले लुम्बिनी प्रदेशमै केन्द्रिय कार्यालय रही राष्ट्रियस्तरकोे इजाजत प्राप्त शाइन रेसुंगा बैंकसंग वित्तिय बाहेक सामाजिक उत्तरदायित्वका कार्यक्रममा पनि नगरपालीका सहकार्य गरेर अघि बढ्ने बताए । साथै वित्तिय क्षेत्रमा हरेक नगरवासीको पहुंचका लागि बैंकको भुमिका अहम् रहने उनले जनाए ।
त्यस्तै, कार्यक्रममा बोल्दै तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले वित्तिय क्षेत्रले उद्योगी व्यावसायीका मर्म बुझेर सस्तो व्याजदरमा क्रृण प्रवाह गर्न सक्नुपर्ने बताए । पछिल्लो समय भइरहेको अनौपचारिक आर्थिक क्षेत्रको बैंकिड कारोवारलाई औपचारिक वित्तिय सेवा प्रभाहमा ल्याउन उनले सुझाव दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले तौहिलवामा बैंकको आवश्यकता बुझेर नै आफुहरुले नयां शाखा संचालनमा ल्याएको बताए । उनले रुपन्देहीका रहेको केन्द्रिय कार्यालयदेखि तौलिहवा टाढा नपर्ने भन्दै ग्राहकका गुनासा सुनुवाई र प्रभावकारी वित्तिय सेवाका लागि आफुहरु तत्पर रहेको बताए ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले तौलिहवाले हरेक क्षेत्रको विकासमा फड्को मारेको भन्दै शाइन रेसुंगाले नगरपालीकासंग सहकार्य गरी बैंकका विभिन्न कार्यक्रममा सामाजिक हातेमालो गरेर अघि बढ्ने बताए । उनले महिला उद्यम, युवा स्वरोजगारका कार्यक्रममका लागि बैंकले सहकार्य गरिरहेकामा तौलिहवामा समेत उक्त कार्यमा अहम् भुमिका निर्वाह गरी ग्राहकबीच बैंकको शाख उचो राख्ने प्रयासमा संचालक समिती र कर्मचारी प्रतिबद्ध रहेको जनाए ।
बैंकले तौलिहवा शाखाको शुभारम्भ संगै सामाजिक उत्तरदायित्व बहन गर्दै त्यहांस्थित तौलेश्वर महादेव मन्दिरको दुईवटा मुल ढोकामा गजुर राख्ने निर्णय समेत गरेको छ ।
अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।






