बुटवल,२० जेठ ।
प्रदेश योजना आयाेगका उपाध्यक्ष बामदेव क्षेत्रीले स्वास्थ्यकाे क्षेत्रमा लगानी गरे अनुसारको प्रतिफल प्राप्त हुन नसकेकाे बताएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार बुटवलमा आयाेजित स्वास्थ्यलाई हानि पुर्याउने अस्वस्थकर खानेकुरालाई निरूत्साहन सम्बन्धि सराेकारवालाहरूकाे पैरवी गाेष्ठिमा बाेल्दै क्षेत्रीले उक्त कुरा बताएका हुन् ।
पाेषणकाे क्षेत्रमा लुम्बिनी प्रदेश पछाडि पर्नु दुखद भएको भन्दै उनलेे पाेषणकाे क्षेत्रमा प्रदेशले छुट्टै किसिमको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी गराए ।
साे अवसरमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका बरिस्ठ जनस्वास्थ्य प्रशाशक राेशनलाल चाैधरी, युनिसेफकी मीना थापा,सुआराकी सविना ओराले लुम्बिनी प्रदेशमा जंक फुडकाे उपयोग र त्यसका असर तथा कुपोषणकाे अवस्था बारे छुट्टाछुट्टै प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनाेद कुमार गिरी,कानुन महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उप सचिव सारदा बस्याल,पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का,लगायतले जुन कुरा खानुहुदैन भन्ने जनचेतनामूलक कार्यक्रम भन्दा ती वस्तुको प्रचारप्रसार आकर्षक हुने गरेकोले त्यस्ता वस्तुको उपयोगमा आकर्षण बढेको बताएका थिए ।






