बुटवल,१९ जेठ ।
बुटवल योगिकुटीस्थित देवस्थल दुर्गा मन्दिर पुननिर्माण गरिने भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मुल मन्दिरको भवन जिर्ण भएपछि त्यसको पुननिर्माण हुने भएको हो । करीब ५१ लाख रुपैया लागतमा निर्माण गर्न
लागिएको मन्दिरको विहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले सिलन्यास गरेका हुन् ।
मन्दिर पुननिर्माणकाे सिलन्यास गर्दै नगर प्रमुख पाण्डेले धर्मले मानिसलाई नियममा बाध्ने र सामाजिक बनाउन मद्दतले पुग्ने बताए ।
उनलेे मन्दिरकाे गुरुयोजना अनुसार योगा सेन्टर, सभाहल लगायतको पुर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्घता जनाए ।
देवस्थल मन्दिर संचालक समितिका अध्यक्ष अशोक गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्याल, वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री,ई. नारायण बहादुर गुरुङ,समितिका बरिस्ठ उपाध्यक्ष पुष्पा शर्मा न्याैपाने,सचिव कमल प्रसाद नेपाल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष असोक गुरुङले शहरी क्षेत्रमा सार्वजनिक जग्गाको अभाव देखिरहेको बेला यो क्षेत्र महत्वपुर्ण रहेको बताए । यस क्षेत्रमा बगैचाको नामले पहिचान बनाएको यो स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्ने उनले बताए ।
बिस २०१७ सालमा स्थापना भएको मन्दिरको करिब ८ कठ्ठा ७ धुर क्षेत्रफल छ । मन्दिरको मुख्य आम्दानीका रुपमा डेढ दर्जन बढि ब्यवसायिक भवनका सटरहरु रहेका छन ।
यसैबिच समितिका पदाधिकारीहरुले स्थानिय पालिकामा निर्वाचित
भएका बुटवल र तिलोत्तमा नगरका जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ ।
हाल मन्दिरको ३५ जना आजिवन सदस्य र १
सय ५१ साधारण सदस्य रहेको ब्यवस्थापक महेश पौडेलले बताए ।






