पाल्पा,११ जेठ । अवैध रुपमा निर्यात गर्दै गरेको अवस्थामा सालको काठसहित पाल्पाको तानसेनबाट दुई जना पक्राउ परेका छन् ।
पाल्पाको तानसेन हुँदै बुटवलतर्फ लैजाँदै गरेको अवस्थामा लु १ ज २५९१ नम्बरको बोलेरो जीपबाट २४ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए ।
तानसेन नगरपालिका वडा नं. १३ केरबादीदेखि बुटवलर्फ लैजाँदै गरेको अवस्थामा २४ गोलिया सालको काठ चेकजाच गर्ने क्रममा तानसेन बसपार्क नजिकैबाट बरामद गरेको जनाएको छ ।
गाडीसहित २ जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयको जिम्मा लगाई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






