बुटवल,७ जेठ ।
नेपाली सेनाको सफा हिमाल अभियान २०२२ अन्तर्गत यही जेठ २ गते देखि विश्वको ८ औं अग्लो एमटी मनास्लु हिमालवाट सफाई अभियान शुरु गरेको छ ।

गोरखा जिल्लाको मानसिरी रेन्जमा अवस्थित एमटी मनास्लु हिमाल ८ हजार १६३ मिटर अग्लो रहेको छ ।
नेपाली सेनाका सेनानी आदित्य कार्कीको नेतृत्वमा रहेको नेपाली सेनाको २४ जना तथा शेर्पा सहितको टोली सफाईमा जुटेको छ ।
टोलीले अहिलेसम्म ५ सय ५५ केजी बायोडिग्रेडेबल र ३ हजार ४६८ ननबायोडिग्रेडेबल गरी हालसम्म ४ हजार किलो बढी फोहर बेश क्याम्प र त्यो भन्दा माथीको स्थानवाट संकलन गरेको गरुडदल गण रामनगर बुटवलका सेनानी मनोज डंगोलले जानकारी दिए ।
जैविक विबिधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अनुसार अभियान जारी रहेको नेपाली सेनाले जनाएको छ ।
बेशक्याम्प वरिपरिका स्थानहरुको फोहोर संकलनको कामजारी रहेको छ ।






