बुटवल,२ जेठ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
त्यस क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

आजैबाट औपचारीक उदघाटन भएको सो विमानस्थदमा कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले बिहान ७ बजेर १५ मनिेट जाँदा विमानस्थलमा अवतरण गरेको थियो ।

पहिलो अवतरण गरेको विमानमा सवार यात्रुहरुलाई भैरहवामा भव्य भव्य स्वागत गरिएको थियो ।

कुवेतको जजिरा एयरलाइन्सको विमान सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गरेको हो। सो विमानले आजै (सोमबार) नै ९० जना यात्रु बोकेर कुवेत फर्किनेछ ।

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

बुद्ध जयन्तीको अवसर पारेर आज विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका हुन् ।
गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय व्यवसायिक उडान हुनु नागरिक उडडयनको लागि ऐतिहासिक क्षण भएको नेपाल नागरिक उडडयनका महानिर्देशक प्रदिप अधिकारीले बताए ।
सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ ।