४४ वटाले एमओयू गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा
बुटवल,२७ बैशाख ।
प्रचारबाजी सहित तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलन उपलब्धी विहीन भएको छ ।
लगानी सम्मेलनमानगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ४४ वटा परियोजनामा झण्डै १६ अर्बको लगानी प्रतिबद्धता आएको थियो ।
नगरपालिकाले हचुवाको भरमा परियोजनालाई जग्गा व्यवस्थापन गर्छौं भनेर आश्वासन दिए पनि संघीय कानुन अनुसार स्थानीयतहले जग्गा बांड्न नमिल्ने भनेर रोकेपछि लगानी सम्मेलन निरर्थक जस्तै हुनपुगेको हो ।
अहिले ४ वटा परियोजना मात्र कार्यान्वयनमा आउने प्रकृयामा छन् । ती परियोजनामध्ये नोबेल प्लास्ट पुरानै उद्योग हो । सहकारी संस्थाहरु मिलेर दुग्ध प्रशोधन उद्योग स्थापना,तिलोत्तमा रेल र स्मार्ट एएसी ब्लक गरी चार वटा परियोजना कार्यान्वयनमा आउने प्रकृयामा रहेको नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए ।
यी चार वटा परियोजना यस क्षेत्रकै लगानीकर्ताका परियोजनाहुन् । आर्थिक क्षेत्रकाजानकारहरु जुनतामाझ,प्रचार र ठूलो धनराशीखर्च गरेर लगानी सम्मेलन गरियो त्यस अनुसार उपलब्धी नगण्य भएको बताउंछन् । ‘चार वटा परियोजना यही वरिपरिकै लगानीकर्ताका हुन्, अरु बाहिरबाट कुनै परियोजनाआएनन्’– नगरपालिकाकै एक जनप्रतिनिधिले भने–‘वास्तवमा यी चार वटा परियोजना त लगानी सम्मेलन नगरेको भए पनि आउने खालका हुन् ।’
उनले लगानी सम्मेलनकानाममा डेढ करोड सरकारी वजेट बालुवामापानी सरह भएको बताए ।
पावर प्लस पेट्रोकेमिकल्स उद्योग स्थापनाका लागि एमओयू गरेका उद्योगी अजयमान श्रेष्ठले नगरपालिकाले जग्गा ब्यवस्थापन गर्न नसक्दा उद्योग स्थापना गर्न नसकिएको बताए ।
केन्द्रसंग तालमेल विनै नगरपालिकाले जग्गा दिन्छौं भने पनि दिन नसकेको श्रेष्ठले बताए । ‘नगरपालिकाले दिन नसकेपछि ९ महिना देखि जग्गा खोजिरहेका छौं, कतै पाएका छैनौं’–श्रेष्ठले भने ।
नगरपालिकाले भने नेपाल बैंक लिमिटेडबाट प्रदानहुने सहुलियतकर्जालाई पनिलगानी सम्मेलनको उपलब्धीभन्दै आएको छ । जबकि यस्तो कर्जा अन्यत्र पालिकामा दिइदै आएको छ ।
लगानी सम्मेलनमा आएका लगानीका प्रस्ताव बाहेक निजी क्षेत्रबाट करीब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर भएको थियो ।
नगरपालिकाले प्रस्ताव गरेका आयोजनामा लगानीकर्ताले जग्गाको माग गरेमा लिजमा जग्गा उपलब्ध गराउने र प्रतिष्ठान स्थापना गर्न आवश्यक कानूनी प्रक्रियालाई सहजिकरण गर्ने र विभिन्न राजश्वमा छुटको व्यवस्थागर्ने भनेको थियो । लगानी सम्मेलनमा तिलोत्तमा मासु प्रशोधन केन्द्र, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई व्यापारमा जोड्ने गरी बिजनेस हब, स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, बालउद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीयपर्यटकीयस्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल जस्ता आयोजना अघि सारिएको थियो ।
यी कुनैमा पनि लगानी नभित्रिएको नगरपालिकाका जनप्रतिनिधि नै बताउंछन् । ‘लगानी सम्मेलन केवल नेकपाका नेताकार्यकर्तालाई प्लेनमा ओसार्ने, भोजभतेर गर्ने र प्रचार गरेर भजाउने माध्यम मात्रै भयो, उपलब्धी केहीभएन’–तीजनप्रतिनिधिले भने–‘लगानी सम्मेलनमात्र हैन तिलोत्तमामा अरु धेरै कार्यक्रम पनि केवल प्रचारमुखीमात्रै भए,उपलब्धीभन्दा बेथिति धेरै भए ।’
तस्वीरमा एमओयू भएपनिकार्यान्वयनमानआएका परियोजनाको सूचि समावेश छ । सूचिमध्ये चार वटा मात्रकार्यान्वयनमा आउने प्रकृयामा रहेको नगरपालिका का सूचना अधिकारी माधव पाखरेलले जानकारी दिए ।







