बुटवल,२५ बैसाख ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकामा मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन आफुलाई मत दिन आग्रह गरेका छन् ।

आइतबार रुपन्देहीको तिलोत्तमाका बिभिन्न ठाउँमा भएका गठबन्धनको संयुक्त कोणसभा तथा ले मतदाता शिक्षा कार्यक्रममा खाँणले सो आग्रह गरेका हुन् ।
आफुहरु तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै उनले गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरे । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।

उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे (हेमन्त) ले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।

सो अबसरमा नेपाली कांग्रेसकी नेतृ तथा रुपन्देही कांग्रेसकी उपसभापति अनिता शाहले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाइ बिजयी बनाउनुपर्ने बताइन् । उनले रुपन्देहीमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरिन् ।

सो अवसरमा माओबादी केन्द्रका नेता सुदीप न्यौपाने,बिमला चौधरी,वडा न १३ का वडाध्यक्ष पदका उम्मेदबार नारायण ढकाल,जनार्दन यादव लगायतले बोल्दै गठबन्धनलाइ बिजयी बनाउन आग्रह गरे ।

गठवन्धनले आज नगरपालिकाका वडा न १३ स्थित मडाहा चोक,बबनी चोक,कनौजिया चोकमा कोणसभा गरेको हो ।