बुटवलका ई–रिक्सा चालक गठबन्धनको पक्षमा !
बुटवल,२४ बैशाख ।
बुटवलका अटो तथा विद्युतीय रिक्सा चालकहरु गठबन्धनको पक्षमा रहेको बताएका छन । पाँच वर्षको अवधीमा विद्युतीय रिक्सा चालकको पक्षमा स्थानीय सरकारले ब्यवस्थापन भन्दा विवादिद काम गरेको भन्दै अहिलेको निर्वाचनमा आफुहरु गठबन्धनको पक्षमा रहेको उनिहरुले बताएका छन ।

शनिबार गठबन्धनको पक्षमा रहेको भन्दै बुटवलमा विद्युतीय रिक्सा चालकहरुले प्रर्दशन समेत गरेका थिए । बुटवलमा २०७१ साल पछि विद्युतीय रिक्सा भित्रिन सुरु गरेको हो ।
२०७२ को नाकाबन्दीको समयमा विद्युतीय रिक्साले बुटवलमा महत्वपूण भूमिका खेले पनि स्थानीय सरकार आएपछि ब्यवस्थापन भन्दा पनि चालकका बिचमा विवाद सृजना गर्ने काम गरेको नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवलले बताएको छ ।
साधारण रिक्सालाई विस्तापित गर्दै बुटवलमा विद्युतीय रिक्साको संख्या बढ्दै गएपछि ट्राफिक चुनौंती थपिएको थियो ।
तत्कालिन अवस्थामा राजनीतिक दलहरुको सहमतिमा बुटवल उपमहानगरपालिकामा १ हजार १८ ई–रिक्सा दर्ता गरेर सञ्चालन गर्ने अनुमति दिने निर्णय गरिएको थियो । तर स्थानीय सरकार आएपछि ई–रिक्सा ब्यवस्थापन गर्न नसकेको नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ रुपन्देहीका अध्यक्ष लालमणी भण्डारीले आरोप लगाए ।
उपमहानगपालिकामा दर्ता गरिएको ई–रिक्सा पनि पार्टी निकटलाई मात्र प्राथमिकतामा दिएको उनले बताए । ई–रिक्सा ब्यवसायी करको दोहोरो मारमा परेको भण्डारीले सुनाए । यातायात ब्यवस्था कार्यालय र उपमहानगरपालिकाको कार्यालयलाई कर तिर्नु परेको छ उनि भन्छन– “युवालाई स्वदेशमा नै स्वरोजगार बन भन्नी अनि ब्यवसायीलाई विस्तापित हुने काम नगर सरकारबाटै भएको छ । दिनभरि ई–रिक्सा चलाएर रोजीरोटीको गुजारा गर्ने चालकहरु छन ,स्वदेशमा नै स्वरोजगार बन्ने वातावरण स्थानीय सरकारले बनाउनु पर्छ ।”
गठबन्धन तर्फ मेयर पदका उम्मेदवार खेलराज पाण्डेय र उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङ मजदुरको पक्षमा रहेकाले यस पटक गठबन्धनलाई जिताउने नेपाल अटो टेम्पु तथा रहेको ई–रिक्सा चालक संघ बुटवलका अध्यक्ष उदय परियारले बताए । कोरोना महामारीको समयमा अति आवश्यक खाद्यान्न पदार्थ बोक्दा समेत नगर सरकार र ट्राफिक प्रहरीले आफुहरुलाई दुख दिएको उनले गुनाशो पोख । गठबन्धन तर्फ नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले साना ब्यवसायीको संरक्षण र ठुला ब्यवसायीलाई सम्मान गर्ने नीति रहेको बताए । आफुहरु निर्वाचित भए ई–रिक्सा दर्ता , नविकरण तथा हाट बजार ब्यवसायीलाई लाग्दै आएको कर घटाउने आश्वासन दिए ।
साना ब्यवसायीलाई निचर्ने र ठुला ब्यवसायीलाई अर्कै ब्यवहार गर्ने नीति हाम्रो छैन उनि भन्छन–“राजनीतिक आफ्नो ईच्छाले गर्नुहोस, हाम्रै पार्टीमा आउनुहोस भन्दैनौं, पेशा गर्न पाउने तपाईको अधिकार हो । तर हामी भोट माग्न पाउँछौं, एक पटक मौंका दिनुहोस , हामी काम गरेर देखाउने छौं ।” आफु पनि सामान्य ब्यक्ति रहेको पाण्डेयले बताउँदै आफु निर्वाचित भए शनिबारको दिन ई–रिक्सामा बुटवलमा यात्रा गर्ने बताए ।
उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङले ई–रिक्सा ब्यवसायीको समस्या आफुलाई थाहा भएको र आफुहरु निर्वाचित भएपछि सामाधान हुने बताए । ई–रिक्साले गर्दा एक वडाबाट अर्काे वडामा जानको लागि यात्रुलाई सहज भएको छ उनि भन्छन–“ राज्यले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि स्थानीय सरकारले हेर्ने दृष्टिकोण ठिक छैन । पाँच वर्षमा बुटवल नगरको ई–रिक्सा चालकलाई हेर्ने दृष्टिकोण र ब्यवस्थापनमा ठिक भएन । ” गठबन्धनको बिजयी हुने वित्तिकै बुटवलमा ई–रिक्साको सही ब्यवस्थापन र सामाधान हुने उनले बताए ।






