गोरखा,१९ बैशाख ।

गोरखामा जन्ती सवार जिप दुर्घटना, ३ जनाको मृत्यु भएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–७ आरुबोटे स्थित फिरफिरेभिरमा जन्ती सवार जिप दुर्घटना भएको हो । चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी रहेको एसपी खनालले बताए । रोकेर राखेको जिप अचानक अघि बढेर भिरबाट खसेको थियो । दुर्घटनाग्रस्त जिप चितवनको भरतपुर नगरपालिका–२७ घर भएका घनश्याम काफ्लेले चलाएका थिए ।