बुटवल,१९ बैशाख ।
रुपन्देहीमा रहेका पाँच औषधी तथा सर्जिकल ब्यवसायीहरुले नेकपा एमाले पार्टीबाट बुटवल उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखका उम्मेदबारसंग भेटघाट तथा प्रतिवद्घता कार्यक्रम गरेको छ ।
नेपाल औषधी ब्यवसायी संघ रुपन्देही, क्याम्सन रुपन्देही, मेलान रुपन्देही, राष्ट्रिय स्वस्थ्यकर्मी संघ रुपन्देही, फार्मेसी संघ रुपन्देहीको संयुक्त आयोजनामा सोमबार बुटवलमा संघबाट केन्द्रीय नेतृत्व गरिसकेका निवर्तमान अध्यक्ष तथा नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराई र उपप्रमुख अर्याललाई अग्रिम शुभकामना तथा सहयोगकाे प्रतिवद्घता गरिएको हो ।
कार्यक्रममा मेयरका उम्मेदवार भट्टराईले बुटवललाई आर्थिक राजधानीका रुपमा विकास गर्ने लक्ष्य अनुसार आफुहरु शिक्षा, स्वस्थ्य, पर्यटन, ब्यवसाय र उद्योगका योजनाबद्घ विकास गर्ने बताए । उनलेे बुटवललाई शिक्षाको हब, मेडिकल हब र पर्यटकिय हब बनाउने प्रतिवद्घता जनाए ।
लुम्बिनी प्रादेशिक अस्पताललाई स्तरवृद्घि, आम्दालाई सिटि अस्पतालका रुपमा विकास गर्ने प्रतिवद्धता पत्रमा उल्लेख भएअनुसार ३ तहकै सरकारसंग समन्वय गर्ने उनले बताए । उनलेे औषधी ब्यवसायीहरुलाई करको दायरालाई फराकिलो बनाई दर घटाउने र त्यसको सहि उपयोग गर्ने गरि आफुहरु अघि बढ्ने बताए ।
फोहोरमैलाको समस्या पनि एउटा प्रमुख समस्या देखिएको भन्दै यसको अन्त्यका लागि समेत स्थानिय सरकारबाट सहयोग मिल्ने उनले बताए ।
कार्यक्रममा उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले आफू विजयी भएपछि सबै नगरबासीहरुको घरदैलोमा पुगेर समस्या समाधानमा पहल गर्ने प्रतिवद्वता जनाइन् ।
शासक नभई सेवक बन्ने अवसर दिन आग्रह गर्दै उनले ब्यवसायीहरुको हकहितलाई विशेष ध्यान दिएर प्रतिवद्घता पत्र समेत तयार गरेको उनले बताईन ।
त्यस्तै वडा नं ६ का वडाअध्यक्षका उम्मेदवार जगदिश आचार्यले उम्मेदवारको प्रतिवद्घताबाटमात्र समस्या समाधान नहुने भन्दै यसमा सरोकारवालहरुको सहयोग जरुरी रहने बताए ।
संघका जिल्ला अध्यक्ष सुरज भट्टराईले बुटवलमा ब्यवसायिक क्षेत्रबाट पहिलोपटक नगरप्रमुख र उपप्रमुख उम्मेदवार पाउनु गर्वको विषय भएको बताए ।
औषधी ब्यवसायीका पिताका रुपमा रहेको भन्दै औषधि क्षेत्रमा रहेका अधिकास समस्याहरुलाई भट्टराईको नेतृत्वबाट समाधान हुने मा आशा ब्यक्त गरे ।
उनलेे औषधी र सर्जिकल ब्यवसायीहरुको एकैथलोबाट बिक्रीवितरण गर्न रहेको कठिनाई समाधान हुनेसमेत बताए । ब्यवसायी संघसंस्थाहरुबाट सक्दो सहयोग गर्ने ब्यवसायीहरुले बताए ।
कार्यक्रममा औषधि ब्यवसायी संघ लुम्बिनीका अध्यक्ष शिव ज्ञवाली, अफिन लुम्बिनीका रामप्रसाद खरेल, फार्मेसीका गणेश सेढाई, मेलानका नारायण पौडेल, क्याम्सन रुपन्देहीका दिपक भट्टराईले ब्यवसायीबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
बुटवलमा पुरानामध्येका औषधी ब्यवसायी भट्टराइले बिस २०३७ सालमा औषधीको कारोबार शुरु गरेका थिए ।






