बुटवल.१७ वैशाख ।
बुद्ध एयरको जहाजको टायर पड्किंदा भैरहवास्थित गौतमबुद्ध विमानस्थलकाे उडान र अवतरण अवरुद्ध भएको छ ।
भैरहवाबाट काठमाडौं जान लागेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।
उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु रहेका थिए ।
टायर पड्किएको जहाज अहिले धावनमार्गमा नै छ । सोही कारण गौतमबुद्ध विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।
बुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्ककाक क्रममा टायर फ्लायटका कारण रोकिएको बताइएको छ ।
ती यात्रुलाई अर्को विमानबाट काठमाडौं लैजाने तयारी भइरहेको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको पनि बुद्ध एयरले जनाएको छ ।






