बुटवल,१६ बैसाख । भारतबाट सुनाैली नाका हुदै नेपाल फर्किएका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
रुपन्देहीको बेलहिया नाकामा एन्टीजेन परिक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कले जनाएको छ ।

गत चैत्र ५ गते यता साे नाकामा पोजेटिभ केस नदेखिएको हेल्थडेस्कमा कार्यरत स्वास्थ्यकर्मी शक्ति क्षेत्रीले जानकारी दिए ।
भारतबाट फर्कने नेपालीमा काेराेना पाेजेटिभ देखिएसँगै थप सतर्कता अपनाउन आवश्यक भएको उनलेे बताए ।
पछिल्लो समय चीन सँगै भारतका केही ठाउँमा समेत देखिन थालेको काेराेना संक्रमण नेपालमा पनि पुन देखिन सक्नेतर्फ सबै सचेत हुनुपर्ने चिकित्सकहरूकाे जाेड छ ।