लुम्बिनी,१५ बैशाख । म्यानमारका धर्म गुरु डा. सितागु सयाडोले लुम्बिनीको मायादेवी मन्दिर भ्रमण गरेका छन् ।
साे क्रममा उनलाई लुम्बिनी बिकास कोषले एक बिशेष कार्यक्रम गारी सम्मान पत्रले सम्मानित गरेको थियो ।
फर्कने क्रममा उनलेे २ बर्ष पहिला नेपाल सरकार र लुम्बिनी बिकास कोषका पदाधिकारीहरुको भ्रमणको बेला म्यानमार सरकारले दिएको बुद्ध मुर्तिको लुम्बिनी संग्रहालयमा अनावरण गर्नुकासाथै लुम्बिनी बिकास कोषभित्रका थेराबाद र महायान छेत्रको भ्रमण गरेकाे लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।
लुम्बिनीका साथै उनलेे पबित्र रामग्राम स्तुपाको पनि भ्रमण गरेकाे ज्ञवालीले बताए ।






