बुटवल,१३ वैशाख । बुटवलको एक सुनचाँदी पसलबाट ठूला परिमाणमा सुन र नगद चोरी भएको छ । बुटवल उपमहानगरपालिका–६ बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।
डिलबहादुर सुनारकाे पसलबाट दुई किलो सुनका गहना, दुई किलो २५ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । लुटेरा समूहले पसल तोडफोड गर्न वल्डिङ्ग मेसिन प्रयोग गरेको प्रहरीले जनाएको छ ।
चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएको र खोजीकार्य भइरहेको प्रवक्ता पौडेलले बताए । घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






