स्याङ्जा,४ बैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा भएको जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–१२ डाँडाखर्क निवासी २५ वर्षीया शर्मिला सारु, उनकी सात महिने छाेरा गौरव सारु, उनकी आमा ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला र ६१ वर्षकी कुलकुमारी कनौजे रहेका छन् ।

दुर्घटनामा साेही ठाउँका अन्दाजी ६० वर्षीय अंगबहादुर दाला, ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र ६० वर्षीया दलबहादुर थापा रहेका छन् ।

घाइते मध्ये दलबहादुर, मायाकुमारी, लक्ष्मी र अंगबहादुर (चार जना)को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।

आइतबार बिहान अन्दाजी १० बजेको समयमा डाँडाखर्क गाउँबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।