स्याङ्जा,४ बैशाख ।
स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुष्टि गरेको छ ।
जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका २ जनालाई उपचारका लागि पाेखरा रिफर गरिएकाे र ४ जनाकाे वालिङ प्राथमिक स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।
उनीहरूलाई पनि पाेखरा रिफर गर्ने तयारी भइरहेकाे प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिए । घटनाकाे थप विवरण आउन बाँकी रहेको छ ।






