बुटवल,३ बैशाख ।
नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीमा राम प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार बुटवलमा सम्पन्न छैठौं अधिवेशनले राम प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा कौशल कुमार कर्ण,सचिबमा कृष्ण प्रसाद न्यौपाने,सह सचिब अरुण कुमार कर्ण,कोषाध्यक्ष बिष्णु बस्याल निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा मुकुन्दहरी ज्ञवाली,मधु प्रसाद खनाल,राम प्रसाद पाण्डे,लेखनाथ बस्याल,बिष्णु प्रसाद पौडेल,दीपक न्यौपाने,लुम्बराज ज्ञवाली र चेत प्रसाद बस्याल चयन भएको नवनिर्वाचित सचिब कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।






