बुटवल,३ वैशाख ।
अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई सदस्य बिज्ञान जि भाटले आफ्नो जन्मदिनको अवसरमा अनाथ आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेका छन् । जन्मदिनको अवसर पारी उनले आज एक कार्यक्रम गरी बुटवल–१५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा फलफूल तथा खाद्यान्न जिन्सी वितरण गरेका हुन् ।

उनले पछिल्लो समयमा होटल, रेस्टुरेन्ट तथा क्याफेमा जन्मदिन मनाउने पश्चिमी संस्कृति बढ्दै गएकोमा केहि फरक तरिका सामाजिक सेवामा सहयोग गर्ने अभिप्रायले जन्मदिन अनाथ आश्रममा मनाउन पाएकोमा खुसी व्यक्त गरे ।

यस्तै लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रम उपाध्यक्ष लिलाराम रोका मगरले जन्मदिनमार्फत अनाथ आश्रमलाई सहयोग गरेकोमा धन्यावाद व्यक्त गरे ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य तथा विद्यार्थी फ्याक्सन इन्चार्ज रामचन्द्र पन्थी प्रमुख अतिथि रहेको कार्यक्रममा, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देही जिल्ला उपाध्यक्ष टिकाराम आचार्य,नेपाल पुस्तक तथा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ लुम्बिनी प्रदेश सचिब केशब श्रीस मगर, नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका समिति सदस्य सुवास रावत, बुटवल–१४ वडा अध्यक्ष नारायण प्रसाद खनाल, ने.क.पा. माओवादी केन्द्र बुटवल–१४ वडा सदस्य सुशील कुवर, अखिल (क्रान्तिकारी) बुटवल उपमहानगरपालिका समिति उपाध्यक्ष गगन रेश्मी मगर, अखिल(क्रान्तिकारी) लुम्बिनी बाणिज्य इकाइ अध्यक्ष विराज चालिसे, मुल इकाई क्याम्पस उपाध्यक्ष सरोज पौडेल लगायतको सहभागिता रहेको थियो ।

अखिल (क्रान्तिकारी) सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल इकाई अध्यक्ष हिमाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिब शिशिर के सीको संचालनमा भएको थियो ।