बुटवल,१ बैशाख ।
नयाँ बर्षको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ बनबाटिका नजिकै ‘डाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ ।

१८ बर्ष सम्म जापनमा रेष्टुरेन्ट व्यवसाय सञ्चाल गरेका कृष्ण घिमिरेले पारिवारिक वातावरण सहितको नयाँ रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

हाल जापानका विभिन्न स्थानमा ४ वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका घिमिरेले शंकरनगरको बनवाटीका नजिकै डेढ करोड लगानीमा पारिवारिक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन ।

रेष्टुरेण्टको बिहिबार एक कार्यक्रमकाबीच सञ्चालक घिमिरेकी ७१ बर्षीय आमा यमकला घिमिरे,उनकी ४ बर्षीय नातिनी आकृती घिमिरे र ३ बर्षीय पनातिनी कृषा आचार्यले उद्घाटन गरे ।

मिसन एग्रो टुरिजम प्रालिद्धारा सञ्चालित डाली रेष्टुरेन्टमा पारिवारिक मौलीक वातावरणका साथै विवाह, पार्टीका लागि हल, बर्थ डे, एनीभर्सरीका लागि पनि छुट्टै हलको व्यवस्था गरिएको छ ।

व्यवस्थापक विष्णु अचार्यका अनुसार निकट भविश्यमा स्वीमिङ्ग पुल सहितको होटल समेत सञ्चालन गर्ने योजना रहेको छ ।

हाल ४ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त रेष्टुरेन्टमा नयाँ बर्ष शुभारम्भको अवसरमा १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
७ वटा कटेज, २ वटा मिनि हल र १ सय ५० अट्ने ठुलो हल समेत रहेको छ ।