बुटवल,३० चैत । १८ बर्ष सम्म जापनमा रेष्टुरेन्ट व्यवसाय सञ्चाल गरेका कृष्ण घिमिरेले तिलोत्तमा १ बनबाटिकामा ‘डाली रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन् ।
हाल जापानका विभिन्न स्थानमा ४ वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका घिमिरेले नवाटीका गेट पुर्व मा डेढ करोड लगानीमा पारिवारिक रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन ।
मिसन एग्रो टुरिजम प्रालिद्धारा सञ्चालित डाली रेष्टुरेन्टमा पारिवारिक मौलीक वातावरणका साथै विवाह, पार्टीका लागि हल, बर्थ डे, एनीर्भसरीका लागि पनि छुट्टै हलको व्यवस्था गरिएको छ ।
व्यवस्थापक विष्णु अचार्यका अनुसार निकट भविश्यमा स्वीमिङ्ग पुल सहितको होटल समेत सञ्चालन गर्ने योजना रहेको छ ।
हाल ४ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त रेष्टुरेन्टमा नयाँ बर्ष शुभारम्भको अवसरमा १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ ।
७ वटा कटेज, २ वटा मिनि हल र १ सय ५० अट्ने ठुलो हल समेत रहेको छ । रेष्टुरेन्ट नयाँ बर्ष २०७९ काे पहिलो दिन भाेली बैशाख १ गतेदेखि सञ्चालनमा आउने सञ्चालकले जनाएका छन ।






