बुटवल,३० चैत ।
सात जना युवा व्यवसायीको लगानीमा बुटवलमा तिनाउ वाटर पार्क सञ्चालनमा आएको छ ।
सामुन्द्रीक छालको समेत अनुभव लिन सकिने गरी बुटवल–१७ रानीगन्जमा तिनाउ वाटर पार्क एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको हो । प्रालिका अध्यक्ष किरण गुरुङ्गले निकट भविश्यमा होटल, स्पा, पिटसेन क्लव सहित १५ करोड लगानी पु¥याउने अवधारण सहितको पार्क सञ्चालनमा ल्याउन लागिएको बताए ।
नयाँ बर्ष २०७९ सालको अवसरमा विशेष छुट समेत प्रदान गरिएको सञ्चालकले जनाएका छन् ।
सञ्चालक नहकुल शाहीले आफुले सञ्चालनमा ल्याएको शाहील्याण्ड होटल प्रालि संगको सहकार्य समेत वाटर पार्कमा हुने बताए ।
उनी समेत सञ्चालक रहेको तिनाउ वाटर पार्कमा विकास पराजुली, अमृतराज भट्टराई, किरण गुरुङ्ग, श्रीमाया थापा, देबेन्द्र केसी र कृष्णखाँण शाही ठकुरीको लगानी रहेको छ । हाल सम्म ९ करोड लगानी भएको यो पार्क २ विघामा फैलिएको छ । यो क्षेत्रकै सबैभन्दा ठुलो वाटर पार्क रहेको सञ्चालक नहकुल शाही ठकुरीले जानकारी दिए ।
शुभारम्भको अवसरमा नयाँ बर्षकाे पहिलो दिन प्रवेश शुल्क ५ सय रूपयाँमा एक सय छुट दिई ४ यस रुपैयाँ निर्धारण गरिएको छ भने विदाको दिन र विद्यार्थीलाई १० प्रतिशत छुट व्यवस्था गरिएको जनाइएको छ ।






