बुटवल,२३ चैत ।
बुटवल अटो ईन्जिनियरिङ्ग एशोसिएसनले बुधबार बुटवलमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक बर्ष नियमित रक्तदान गर्दै आएकाे एशोसिएसनले यस बर्ष पनि रक्तदान गरेको हो ।
एशोसिएसनकाे भवनमा आयाेजित कार्यक्रममा मजदुरदेखि मालिकसम्मले रक्तदान गरेका थिए ।
बुटवलमा रगतको कमी नहोस र रक्तदान जीवन दान भन्ने मुल नारालाई केन्द्रीत गरेर रक्तदानको आयोजना गर्दै आएको बुटवल अटो ईन्जिनियरिङ्ग एशोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपाने बताए ।
साे अवसरमा बुटवलका अग्रज पत्रकार दामोदर खनालले ५९ वर्षको उमेरमा पहिलोपटक रक्तदान गरे ।
रुपन्देही जिल्लाका विभिन्न संघसंस्थाहरुले विभिन्न अवसरहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन । यसले गर्दा बुटवलमा रगतको कमी हुन पाएको छैन । स्वस्थ्य मानिसहरुले रक्तदान गर्नु पर्छ भन्ने चेतना बृद्धि हुँदै गएपछि पछिल्लो समयमा रक्तदाताहरुको संख्यामा पनि बृद्धि भएको छ ।






