बुटवल,१९ चैत ।
तिलोत्तमा बहुउद्देश्यीय बिकास परिषद बुटवल ३ को तेस्रो साधारणसभा तथा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले नारायण बहादुर रायमाझीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा शिवप्रसाद शेरचन, सचिबमा कमलराज ढुङ्गाना ,कोषाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ , सहसचिबमा नारायण देवि नेपाल चयन भएका छन । यस्तै सदस्यहरुमा लिला प्रसाद श्रेष्ठ, दिलिप कुमार कार्की, बासुदेव श्रेष्ठ, नारायण बहादुर राना भाँट, हरि बहादुर कुँवर क्षेत्री, राजु श्रेष्ठ, हिमकुमारी राना चयन भएको निर्वाचन अधिकृत लोक कुमार कार्कीले जानकारी दिए ।

बुटवल वडा नं. ३ का कार्यबाहक वडा अध्यक्ष सरस्वती कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कार्यबाहक वडा अध्यक्ष कुवरले संस्थाले सामाजिक कामलाई तिब्रता दिनुपर्ने बताइन् ।
परिषदका कार्यबाहक अध्यक्ष नारायण बहादुर रायमाझिको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक अध्यक्ष रायमाझिले परिषदको जग्गामा ब्याडमिन्टन कोर्टलाई पुर्णता दिँदै सुखदुखमा प्रयोग हुने खाना बनाउने भाडा बर्तनको ब्यवस्था गरिएको बताए ।

कार्यवाहक अध्यक्ष रायमाझीले अब संस्थाको अर्को घडेरिमा ब्याडमिन्टन कोर्ट बनाउने,हालको भवनको ट्रष्ट थप्ने,भाडा बर्तन खरिद गर्ने,दैनिक योगको थालनि गर्ने प्रतिवद्धता जनाए ।
संस्थाका सहसचिब कमल ढुंगानाको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष शिबप्रसाद शेरचन, संस्थापक कोषाध्यक्ष आनन्दभगत श्रेष्ठ,दिलिपकुमार कार्र्की, लवकुश श्रेष्ठ लगायतले बोलेका थिए ।
परिषदका १२८ जना आजिवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।