बुटवल,१९ चैत ।
लुम्बिनीका जिल्लाहरुमा टाईफाईड बिरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ जिल्लाका १३ लाख बढिलाई खोप लगाउने तयारी गरिएको हो ।

टाईफाईडका बिरामिहरु बढ्ने देखिएपछि लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाईफाईड बिरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । उनले यो उनसुकै उमेर समुहका ब्यक्तिहरुलाई हुन सक्ने भएपनी १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई ११ प्रतिशत बढी देखिएकोले सो उमेर समुहकालाई खोप लगाउने तयारी भईरहेको बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनमा आयोजित टाईफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको शुरुवात सम्बन्धि लुम्बिनी प्रदेश स्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले टाईफाईडबाट बच्नको लागि थाईपोईड खोप लगाउने तयारी भएको जानकारी गराएका हुन् ।
उनले भारतमा उत्पादित खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन आग्रह गरे ।

चैत २२ गतेदेखि शुरु हुने खोप अभियान चैत २८ गतेसम्म सञ्चालन हुनेछ।बिद्यार्थीहरुको वार्षिक परीक्षा भएकोले बैशाख पहिले नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुशित पानीको कारणले लाग्ने टाईफाईड, अस्पताल भर्ना हुनेको कारण मध्य चौथो कारण भएकोले अभियान नै शुरु गरेर कार्यक्रम गर्न लागिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।

यो अभियान पहिलो पटक चलेको बताउदै आगामी दिनमा नियमित लगाउन मिल्नेगरी अगाडि बढिने उनको भनाई थियो ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासहिव बिक्रम खड्काले यो अभियान महत्वपुर्ण रहेको बताउदै पत्रकारहरुसंग सहकार्य गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका राम प्रसाद भट्टराईले गरेका थिए ।