बुटवल,१८ चैत ।
रूपन्देहीको सैनामैना नगरपालिकाद्वारा निर्मित ब्यवसायिक भवन उद्घाटन भएको छ ।
सैनामैनाकाे सालझण्डिमा निर्मित भवनको शुक्रबार एक कार्यक्रमकाबीच नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले उद्घाटन गरेका हुन् । साे अवसरमा एमाले प्रमुख सचेतक ढकालले ब्यवसायिक भवनले त्यस क्षेत्रका ब्यवसायी तथा नगरपालिकाकाे आम्दानीको स्रोत बन्ने विश्वास ब्यक्त गरे ।
सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगरपालिका उपप्रमुख बिना राना,सैनामैना नगरपालिका वडा नं १० का अध्यक्ष लाेकनारायण थापा,नगरपालिकाका इन्जिनियर अरूण खनाल,शाखा अधिकृत सन्त कुमार चाैधरी लगायतले भवनको उपयोगीता बारे जानकारी गराएका थिए । १४ महिना अघि ३ कराेड १० लाखमा ठेक्का सम्झौता भएको भवनमा ४८ वटा ब्यवसायिक सटर रहेका छन् ।






