भैरहवा,१६ चैत ।
रुपन्देहीको ओमसतीय गाँपालीका २ करबलाका भुुमीहिनले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । लामो समयदेखी जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिक्षामा रहेका साे गाँउका २४ जनालाई बुुधवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लाल पुुर्जा बितरण गरेका हुुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै सभापति खाणले यसपटक छुुटेका अन्य भुुमीहिनलाई समेत छिट्टै लालपुुर्जा बितरण गर्न पहल गर्ने प्रतिवद्वता जनाए । उनले जिल्लामा रहेका अन्य भुुमीहिनलाई पनि जग्गा दिलाउन र अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न कांग्रेसले पहिलो प्राथमीकता दिएको बताए ।
रुपन्देहीका अहीले भुुमीहिनको बिबरण सकंलन र जग्गा नापजाँच भईरहेको भन्दै सभापति खाणले छिट्टै सवै भुुमीहिनलाई भुुमीको ब्यबस्थापन गरीने बताए ।
राष्ट्रिय भुुमी आयोग रुपन्देहीले अहिले जिल्लामा जग्गा नापजाँच गरीरहेको छ । त्यस्तै नेता खाणले जन्मसिद्ध नागरीकतामा देखीएको समस्या समाधानकालागी समेत पहल गर्ने बताए । उक्त बडाका बडा अध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको संघर्षपछि भुुमीहिनलाई भुुमी दिलाउन सफल भएको बताए । यसपछि उक्त बडाका बर्दीहवा र बिरनगरमा रहेका भुुमीहिनलाई गाँउ ब्लकको जग्गा लालपुर्जा बितरण गर्ने योजना रहेको उनलेे बताए ।