बुटवल,१० चैत । खानेपानी स्रोतको संरक्षणमा वितरक र उपभोत्ता दुवै पक्ष सचेत हुनुपर्नेमा एक कार्यक्रमका बत्ताहरुले जोड दिएका छन् ।
दिर्घकालिन रूपमा शुद्ध खानेपानी उपभोग गर्नका लागि उपभोत्ताले पानीको स्रोतको संरक्षण तथा भण्डारण गर्ने तरिकामा समेत विचार पुर्याउनुपर्ने तर्फ समेत उनिहरूले सचेत गराए ।
बिहीबार रूपन्देहीको तिलाेत्तमा स्थित करहिया –मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ साधारणसुभामा बोल्ने बत्ताहरुले उक्त कुरामा जाेड दिएका हुन् ।
साधारणसभामा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगरपालिकाले अवलम्बन गरेको सरसफाईयुक्त नगर, हरियाली प्रवद्र्धन जस्ता कार्य पानीसँग जोडिएकाे भन्दै उपभोत्ताले फोहोरको वर्गीकरणमा ध्यान दिनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलका प्रमुख गुणानिधि पोख्रेलले करहिया, मक्रहर क्षेत्रमा वितरण हुने पानी पिउन योग्य रहेको भन्दै उपभोक्ताहरूले घरमा पानी भण्डारण गर्ने भाडा, पानी प्रयोग गर्ने विधिमा ध्यान दिनुपर्ने बिचार ब्यक्त गरे ।
खानेपानी तथा सरसफाई उपभोत्ता महासंघका जिल्ला अध्यक्ष ध्रुवकुमार धितालले पानी र सरसफाई मानव स्वास्थयसँग जोडिएका विषय भएकाले वितरक तथा उपभोत्ता सम्वेदनशील बन्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष यज्ञ गैरेको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष लक्ष्मण खनालको स्वागत, सचिव निलकण्ड ज्ञवालीको संचालनमा भएको साधारणसभामा सल्लाहकार हरिलाल पाण्डे, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ तिलोत्तमा नगर अध्यक्ष केशवराज न्यौपाने, वडा अध्यक्ष कृष्ण पौडेल, इ. देवी प्रसाद पाठकलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैविच साधारणसभाले २०७९ बैशाख १ गते देखि लागू हुने गरी पानीको महशुल दर घटाएको छ । विहिवार सम्पन्न साधारणसभामा १ सय रुपौयाँ महसुल दर बनाउन प्रस्ताव गरिएको थियो । यस अघि १ सय ३० रुपैयाका दरले महशुल लिइदै आइएको छ ।






