बुटवल,८ चैत । बुटवल स्थित जागरुक वचत तथा ऋण सहकारी संस्था लि. ले मंगलवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
स्थापना दिवशका अवसरमा विगतका बर्षहरुमा जस्तै यसवर्ष पनि रक्तदान काार्यक्रम गरेको संस्थाका अध्यक्ष लक्ष्मणप्रसाद बस्यालले जानकारी दिए ।

रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा संस्थाको कार्यालयमा आयोजना गरिएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको अध्यक्ष बस्यालले बताए ।

मानव जिवन रक्षामा महत्वपूर्ण रहने रगतको अभाव कम गर्न सहयोग पुगोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष बस्यालकाे भनाइ छ ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र, बुटवलकी वरिष्ठ प्राविधिक राधा शर्माले सहकारीले नियमित रक्तदान कार्यक्रमको आयोजना गरेर रगत संकलनमा केन्द्रलाई सजिलो बताएको भन्दै आभार व्यक्त गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बस्यालको अध्यक्षता, संस्थाका संचालक सदस्य एवं शिक्षा उपसमिति संयोजक कृष्ण कुमार पोख्रेलकाे सन्चालनमा कार्यक्रममा उपाध्यक्ष हिमलाल भट्टराईले स्वागत मन्तब्य व्यक्त गरेकाे संस्थाले जनाएको छ ।