बुटवल,८ चैत्र ।
बुटवलमा आयोजना हुने विशिष्टिकृत‘कृषि मेला-२०७८’ को तयारी पूरा भएको आयाेजकले जनाएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि चैतको १० देखि १४ गतेसम्म कृषि मेला हुन लागेको हो ।
संघको सचिवालय परिषर बालमन्दिरमा सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारा सहित सञ्चालन गर्न लागिएको कृषि मेलामा व्यवसायिक कृषि तथा त्यसको लागि कृषिमा प्रविधि र उपकरणको प्रयोगलाई जोड दिईएको बुटवल उद्योग बाणिज्य संघले जनाएको छ ।
यस मेलामा जम्मा ४० देखि ५० वटा कृषि सम्बन्धी स्टलहरु सहभागि हुने छन् । मेलालाई करिब २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान छ ।






