स्याङ्जा,७ चैत । स्याङ्जाको गल्याङमा सोमवार अपरान्ह भएको सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुपन्देहीको सुद्धोधन गाँउपालिका ५ घर भई गल्याङको कुशल मोटरसाईकल वर्कशपमा काम गर्ने बर्ष २७ का जितेन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्वरको मोटरसाईकललाई बिपरित दिशाबाट आईरहेको लु २ ख ५२९० नम्वरको फोर्स गाडीले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका पटेलको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।