बुटवल,६ चैत ।
बुटवल उपमहानगरपालिका १५ सेमलारमा संचालित सिद्धिगणेश भद्रकाली बहुउद्देयीय सहकारी संस्थाले आईतवार बुटवलको देविनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिकउत्सवको अवसर पारेर हरेक वर्ष नै सामाजिक कार्यक्रम गदै आएको सहकारीले यस वर्ष कोभिडका कारण गर्न नसकेकोमा पुन आईतवार रक्तदान गरेर अभियान लाई निरन्तरता प्रदान गरेको सहकारीका अध्यक्ष पिताम्बर खरालले जानकारी दिए ।
कार्यक्रममा ५१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक देवी कुमार श्रेष्ठले बताए । रक्त संचार सेवाकेन्द्र बुटवलको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।






