बुटवल,५ चैत
धातिबाङ्ग रुपन्देही सम्पर्क समाज रुपन्देहीले छैटौ बार्षिकोत्सवको अबसरमा बुटबलमा रक्तदान सम्पन्न गरेको छ।

शनिबार नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलमा भएको रक्तदानमा ३० युनिट रगत सङकलन भएको संयोजक तुल्सीराम पौडेलले जानकारी दिए ।
कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष थानेश्वर पौडेलले धातिबाङबाट विभिन्न सिलसिलामा रुपन्देही आएकाहरुलाई एकतावद्घ गराई संस्थागत रूपमा सामाजिक कार्यमा अगाडि बढेको बताए ।
उनलेे संस्थाले स्थापनाकालदेखि गरिब, दुखी,अनाथहरुलाई नियमित सहयोग गदै आएको उनले बताए । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको भन्दै उनलेे रगत नपाएर कसैको ज्यान जान नपरोस भन्ने आफुहरूकाे मुल उद्धेश्य रहेको उल्लेख गरे ।
संस्थाका सचिब नवराज पौडेलले कोभिड संक्रमणको बेला संस्थाले अन्य धेरै कार्यहरु गरेको जानकारी गराए ।