बुटवल,३ चैत्र । उद्योगी ब्यवसायी मैत्री कानून निर्माणको लागि उद्योगी ब्यवसायी पनि मूल नेतृत्वमा पुग्नु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले तिलोत्तमामा आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले नेताहरुले समृद्धिको नाराको रटान गरेपनि नेताहरुमा समृद्धि ल्याउँने भिजन नभएको आरोप समेत लगाए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद पाठकले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सके स्वदेशी उद्योग प्रवद्धनमा सहयोग मिल्ने बताए । विदेशी उत्पादनको प्रयोग बढ्दै जाँदा स्वदेशी उद्योग खुम्चिँदै गएको उनको गुनाशो थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारीले उद्योगीका समस्या समाधानको लागि सबै एक जुट हुनु पर्नेमा जोड दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मञ्जु भुषालको अध्यक्षतामा भएक कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला समिति केन्द्रीय सदस्य शान्तिरोका क्षेत्री,रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष बोनिन पिँया ,जिल्ला महासजिब देवानन्द पाण्डेय ,टंकनाथ अधिकारी, उद्योगी दिपक खनाल,नवराज श्रेष्ठ,महासंघका प्रदेश कार्यकारी अधिकृत मनोज भट्टराई लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
साे अवसरमा महासंघका पदाधिकारी तथा सदस्य सहित सहभागीहरूले एक आपसमा अविर लगाएर शुभकामना साटासाँट गरेका थिए ।






