बुटवल,२ चैत ।
सुदुरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र लुम्बिनी प्रदेश सभामा गठित सार्वजनिक लेखा समितिका सदस्यबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार लुम्बिनी प्रदेश सभा सचिवालयमा भएको अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति कुमारीनन्दा बमले सातवटै प्रदेशमध्ये लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिले स्थापनाकालदेखिनै महत्वपूर्ण कार्य गरेको चर्चा हुँनेगरेको स्मरण गर्दै यहाँबाट सिक्न आफुहरु लुम्बिनीको भ्रमणमा आएको बताइन् ।
समितिमा सदस्यहरुबीचको एकता महत्वपूर्ण रहने बताउदै उनले एकमतले पारित गरेका निर्णयहरु कार्यान्वयन गर्न प्रदेश सरकारलाई थप दबाब हुने अनुभव सुनाइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सदस्य बिष्णु पन्थीले प्रदेशमा सुशासन कायम गर्न लेखा समितिको मत्वपूर्ण भूमिका रहने भन्दै आफुहरुले सत्ता पक्ष र बिपक्षी दल नभनी स्वतन्त्र र निस्पक्ष रुपमा कार्य गर्दै आएको जानकारी गराए ।
समितिका अन्तरप्रदेश भ्रमणले एक अर्को प्रदेशका अनुभवहरु आदान प्रदान हुने र सुशासन कायम गर्ने कार्यमा थप मद्दत मिल्ने भन्दै उनले यस्ता भ्रमण जरुरी रहेको उल्लेख गरे ।
लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सदस्य बिष्णु पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सार्वजनिक लेखा समितिका सदस्यहरु प्ठासिं बोहोरा,अमर बहादुर साउद,बलदेव रेग्मी लगायतले आ आफ्नो अनुभव आदान प्रदान गरेका थिए ।
प्रदेश सभा सचिवालयकि अधिकृत सम्झना सुवेदीकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रदेश सभा सचिवालयका लेखा अधिकृत समेत रहेका समितिका सचिव आलाेक अग्रहरीले समितिले हालसम्म गरेका काम कारबाही बारे जानकारी गराएका थिए ।






