बुटवल,३० फागुन । आफ्नै श्रीमानलाई बन्चरो प्रहार गरी हत्या गरेकाे अभियाेगमा श्रीमती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका ५ राईकोट की ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छन् । उनलाई आफ्नै श्रीमान ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा प्रहरीले आइतबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा श्यामकुमारीले बन्चरो प्रहार गर्दा उनका श्रीमानकाे मृत्यु भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।