बुटवल,२८ फागुन–
रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा नं. १ बडहरामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्थानिय कुलपाली सामुदायीक वन उपभोक्ता समुहको समन्वयमा भएको एक दिने शिविरमा करिव ६ सय जनाको स्वाश्थ्य परिक्षण गरिनुकासाथै करिव २ लाख मूल्य बराबरको औषधि निशुल्क वितरण गरिएको क्लबले जनाएको छ ।
शिविरको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वाश्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले ग्रामीण स्तरमा गरिएको निशुल्क स्वाश्थ्य शिविरले स्थानिय वासिन्दाले प्रत्यक्ष लाभ लिन पाएको भन्दै खुशी व्यक्त गरे ।
प्रदेश सरकारले स्वाश्थ्य क्षेत्रको विकास र जनतासम्म त्यसको पहुच पु¥याउने कुरालाई प्राथमिकतामा राखेको उल्लेखगर्दै
मन्त्री थारूले त्यसलाई व्यवहारमा उतार्न सबैको सहयोग जरुरी रहेको बताए । स्वाश्थ्यलाई नगरिकको मौलिक हकको रुपमा संविधानमा समावेश भएपनि पहुचको हिसाबले अझ पूर्णता पाउन नसकेको बताउदै उनलेे स्वाश्थ्य क्षेत्रमा अझै धेरै सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमका विशिष्ठ अतिथि संविधानसभा सदस्य रश्मिराज नेपालीले रोटरी क्लबले आफ्नो उद्देश्य अनुसार समाज सेवामा देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै नागरिकको स्वास्थ्य अधिकार स्थापित गर्न यसप्रकारका कार्यक्रमले थप बल प्रदान गर्ने बिचार व्यक्त गरे । उनलेे समाज र तल्लोवर्गको आवश्यक्ता र चाहानामा केन्द्रीत रहेर स्वाश्थ्य शिक्षा र रोजगारको क्षेत्रमा राज्यले सामाजिक क्षेत्रका सघंसस्थाहरुसंग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिए ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो. यादव भण्डारीले समुदाय केन्द्रीत कार्यक्रमले समाजसंग क्लबलाई जोडेर काम गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै मानिसको जिवनसंग जोडिएको स्वाश्थ्य क्षेत्रमा रोटरी र रोट्¥याक क्लबले सधै काम गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. मुक्तिराम भण्डारीले रोटरीले बोकेको सेवा भावको पवित्र उद्देश्यलाई जनतासंग जोडेर अगाडी बढाउदै आएको बतउदै आगामी दिनमा सामुदायीक वनसंगको सहकार्यलाई निरन्तरता दिने उल्लेख गरे । उनले प्रदेश राजधानीमा क्लबले कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने स्थानिय सहयागीहरुप्रति आभार व्यक्त गरे ।
रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. सुमन वस्यालले रोटरी सेवा र अवसरबाट वञ्चित नागरिकहरुको सेवामा लाग्ने अन्तराष्ट्रिय संस्था भएको हुदा सामाजिक काममा जनतासंग मिलेर आफ्नो गतिविधि गर्दै आएको बताउदै स्थानीय सहयोगी हातहरु र सेवा लिन आएका सर्वसाधरणहरुलाई धन्यवाद दिए ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. मुक्तराम भण्डारी र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रो. सुमन बस्यालको संयुक्त अध्यक्षता, मुक्ती पन्थीको सञ्चालनमा भएको कार्यक्रममा कुलपाली सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष नवराज शर्मा, फर्मास्युटिकल एसोशीएसनका उपाध्यक्ष किरण ढकाल, डा. विनोद पौडेललगायतले आ आफ्नो भनाइ राखेका थिए ।
स्थानीय जनशक्ति सामुदायीक वन उपभोक्ता समुह, लक्ष्मी सामुदायीक वन उपभोक्ता समुह, वनशक्ति सामुदायीक वन उपभोक्ता समुह र कुनलपानी युवा क्लबको सहयोगमा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, दात, मानसिक, जनरल फिजिसियन तथा फिजियाेथेरापी चिकित्सकहरुले चेकजाच गरेका थिए ।
रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा अघिल्लो वर्ष पनि सोही स्थानमा शिविर सञ्चालन गरिएको क्लबले जनाएको छ ।






