बुटवल,२८ फागुन ।
लुम्बिनी प्रदेशको उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले अगाडि सारेको उज्यालो प्रदेश कार्यक्रमले मुर्तरुप लिन लागेको छ ।

पुर्बी पाल्पाको निस्दीबाट सुरु गर्न लागिएको उज्यालो प्रदेश अभियानले अहिले मुर्तरुप लिन लागेको प्रदेशका उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री वीर बहादुर रानाले जानकारी दिए ।

उज्यालो प्रदेश अभियानका लागि आवश्यक कार्ययोजना र कार्यबिधि निर्माण गरि अब कार्यान्वयनकाे चरणमा पुगेको मन्त्री रानाले बताए ।

‌अभियान अन्तर्गत बिद्युत लाईन नपुगेको पुर्बि पाल्पाको निस्दी गाउपालिकाकाे बिद्युतीकरणकाे अवस्था र साे पालिकालाई कसरी बिद्युतिकरण गर्न सकिन्छ भन्ने बिषयमा हालै मन्त्रालयकाे उर्जा महाशाखाका ईन्जिनियर हरू जेबी थापा,भरत नेपाल,मन्त्री वीर बहादुर रानाका स्वकीय सचिव विश्वनाथ पाैडेल,नागरिक समाजमा प्रतिनिधिहरूकाे टोलीले स्थलगत अवलोकन गरि फर्किएपछि पाल्पाको निस्दिबाट सुरु गर्न लागिएको उज्यालो प्रदेश अभियानले मुर्तरुप लिन लागेको स्वकीय सचिव पाैडेलले बताए ।

‌मन्त्रालयले उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरेसँगै नेपाली कांग्रेस निस्दी गाउपालीका समितिले साे अभियान निस्दीबाट सुरु गर्न माग राखी पटकपटक मन्त्रालयमा डेलिगेशन आएको र त्यहाँको बिद्युतीकरणकाे अवस्थालाई मध्यनजर गरि निस्दीबाटै साे अभियान सुरु गर्ने तयारी गरिएको मन्त्री रानाको भनाइ छ ।

‌मन्त्रालयकाे उज्यालो प्रदेश अभियानले सामुदायिक बिद्युतीकरणकाे अबधारणा अन्तर्गत १४ बर्ष अघि प्रतिघर ७ हजारका दरले रकम उठाएर पनि बत्ती बाल्न नपाएका निस्दीवासीकाे बत्ती बाल्ने सपना छिट्टै साकार हुने स्थानीय अभियन्ता समेत रहेका कांग्रेस नेता शालिकराम पाण्डेले बताए ।

‌यसबीचमा मन्त्रालयले ठेक्का भएको लामो समयसम्म पनि बत्ती बल्न नसक्नुको कारणबारे सराेकारवाला निकायसँग पटकपटक छलफल गर्दै आएको स्वकीय सचिव पाैडेलले जानकारी दिए ।