फागुन २७, बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले योजना तर्जुमा गर्दा बस्तुगत अवस्थालाई केन्द्र विन्दुमा राखेर बनाउने गरेको बताएका छन् ।
युएनडिपी नेपाल कन्ट्री अफिसको आयोजनामा शुक्रबार बुटवलमा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष क्षेत्रीले
प्रदेशको वस्तुगत अवस्था र आवश्यकतालाई मध्येनगर गरी योजना तर्जुमा हुने गरेको बताएका हुन् ।
उपाध्यक्ष क्षेत्रीले दीगो विकासका लक्ष्यमा आधारित योजना बनाउनु पर्नेमा जोड दिए ।
साे अवसरमा कार्यपत्र प्रस्तुत गर्दै युएनडिपीका अनुगमन तथा मुल्यांकन विषेशज्ञ धर्मा स्वर्णकारले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउँदै विकास नीति बनाउँदा त्यस तर्फ ध्यान दिनुपर्ने बताए । युएनडिपीले तीनवटै तहका सरकारकाे क्षमता बृद्धिका लागि काम गरिरहेको भन्दै उनले विकासमा नागरिकहरुको सहभागितालाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश बन,वातावरण तथा भु संरक्षण मन्त्रालयका महाशाखा प्रमुख नारायणदेव भट्टराई,तिलाेत्तमा नगरपालिका उप प्रमुख जगेश्वर देवी चाैधरी,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु,लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघ सदस्य जमुना पाैडेल लगायतका बत्ताहरुले आगामी योजना तर्जुमा गर्दा विकास निर्माणसँगै वातावरणीय, लैगिक सचेतना, र समाजिक न्यायलाई समेत विचार पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शमावेशी विकास, डिजिटल शासन व्यवसथा, दीगोविकास आदिलाई केन्द्रविन्दुमा राखेर योजना तर्जुमा गर्नुपर्ने,जेखिमको क्षेत्रलाई ध्यानमा राखेर विकास नीति अवलम्वन गर्नुपर्नेलगायतका सुझावहरु दिएका थिए ।
युएनडिपीका लुम्बिनी तथा गण्डकी प्रदेश प्रमुख सुदीप अर्यालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।






