बुटवल,२६ फागुन ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले पार्टीको १४ औं महाधिवेशनबाट लुम्बिनी प्रदेश कार्यसमितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
बिहीबार बुटवलको बेलबासमा एक कार्यक्रमकाबीच नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले नवनिर्वाचित प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिं पुन, लुम्बिनी प्रदेश सभा सदस्य समेत रहेका पार्टीका प्रदेश सदस्य अष्टभुजा पाठक,पार्टीका प्रदेश महामन्त्री बिक्रम खनाल,सह महामन्त्री बिष्णु प्रसाद मुस्कान,काेषाध्यक्ष प्रकाश राना,नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति हरी लम्साल, प्रदेश सभा ३ ख का सभापति घनश्याम चालिसे,बुटवल उपमहानगर समितिका उपसभापति ज्याेती भण्डारी,सचिव छाया पाेखरेल, वडा नं १३ का सभापति पुरूषाेत्तम बस्याल लगायतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई बिजयी बनाउन एक ढिक्का भएर जनतामा जानुपर्नेमा जाेड दिए ।
एमसीसी लगायतका बिषयमा अन्य पार्टीहरूले जनतामा भ्रम फैलाएको भन्दै उनिहरूले त्यस्ता भ्रम चिर्न पार्टीका सबै तहका नेता कार्यकर्ता जनताको घर दैलाेमा पुग्न जरुरी रहेको बताए ।