बुटवल,१९ फागुन ।
संसदबाट अनुमाेदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीले नेपालको स्वाभिमान र अस्मितामाथि आंच पुराएको भन्दै स्वतन्त्र नागरिक समूह नेपालले संसदबाट फिर्ता गर्न आग्रह गरेको छ ।
स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैरे र महासचिव टोपबहादुर केसीले बिहीबार एक विज्ञप्ती जारी गरि एमसीसी परियोजना नेपालको हितमा नभएकाले बुद्दिमतापूर्वक विवेक पुराएर संसदबाट फिर्ता गरी रद्द गर्न आग्रह गरेको हो ।
एमसीसी सम्झौता स्वतन्त्र नागरिक समूहले खारेज गर्न दवाव दिदै आएकाे जनाउँदै विज्ञप्तिमा साे सम्झौता खारेज गर्नुपर्ने उल्लेख गरिएको छ ।
देशभक्तिपूर्ण सुझावलाई आत्मसाथ नगरिए राज्य व्यवस्था नै परिवर्तनका लागि निरन्तर बहस र संघर्ष गर्ने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।
अन्ध राजनीतिक नेतृत्वले बिदेशीसंग भिख मागी देश, जनताको सर्वोच्चता गिराउने अति घृणित र निन्दनीय कामले नेपालीलाई दास बनाउने काम भएकोसमेत विज्ञप्तीमा जनाइएको छ ।
आपसी भाइचारा अभिवृद्दि गर्दै हाम्रो श्रोत,साधनको समूचित प्रयोग गरी सम्वृद्दितर्फ लाग्नुपर्छ भन्ने नागरिक समुहको मान्यता रहेको भन्दै विज्ञप्तिमा संसदबाट पास भएको एमसीसी परियोजनाले हाम्रो स्वाभिमान र अस्मितामाथि बलत्कार गरेकाले यो एमसीसी सम्झौता गलत भएकाले खारेज गर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।







