बुटवल,१८ फागुन ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणी पाेखरेलले अमेरिकी सहयोग परियोजना (एमसीसी) बाध्यात्मक अबस्थामा पारित गर्नु परेको बताएका छन् ।

बुधबार बुटवलमा आयाेजित निर्मल लामा स्मृति प्रतिष्ठान रूपन्देही शाखाको बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा बाेल्दै उनलेे एमाले र कांग्रेसले जस्ताको तस्तै पारित गर्न खाेजेकाे एमसीसी आफुहरूकाे बिराेधकै कारण संसदले ब्याख्यात्मक घाेषाणा सहित पारित गर्ने अवस्थामा पुर्याएकाे दाबी गरे ।

एमसीसी पारित हुनबाट राेक्न पार्टी सफल नभए पनि जस्ताको तस्तै पारित गर्नबाट राेक्न भने आफुहरू सफल भएको उनको भनाइ थियो ।

एमसीसीकाे बारेमा आफुहरूले गरेको बिराेध जायज थियोे भन्ने बिषय संसदले गरेको ब्याख्यात्मक घाेषणाले पुष्टि गरेको भन्दै उनलेे पार्टीलाई भित्तामा पुर्‍याउन खाेज्नेहरूकाे अभिष्ठ पूरा हुन नदिन पनि एमसीसी पारित गर्नुपर्ने अवस्था आएको बताए ।

सवै राजनीतिक दलहरु एकतर्फ भएपछि एमसीसी पास गर्नु परेको बताउँदै उनले एमसीसीको व्याख्यात्मक घाेषाणा हुनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो ।
नेपालकाे कम्युनिष्ट आन्दोलन रक्षात्मक आवस्थामा पुगेको बताउदै उनले कम्युनिष्ट पार्टी भित्र सर्वहारा प्रवृति नै अन्त्य हुने अवस्थामा रहनु चिन्ताको विषय भएको उल्लेख गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरेचनले निर्मल लामा सादगी र सच्चा कम्युनिष्ट आचरण भएकाे एकमात्र नेता भएको स्मरण गर्दै लामाबाट कम्युनिष्ट आचरण सिक्नु पर्नेमा जोड दिए । नेपालकाे कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक बिचलन आएको भन्दै प्रदेश प्रमुख शेरचनले त्यसले कम्युनिस्ट आन्दोलनलाई कहाँ पुगेर दुर्घटना गराउछकी भन्ने चिन्ता ब्यक्त गरे ।
उनलेे नेपालकाे कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने जिम्मेवारी र दायित्व अब युवाहरूले लिनुपर्नेमा जाेड दिए ।
प्रतिष्ठानका रूपन्देही जिल्ला अध्यक्ष हकिउल्ला खाँले प्रतिष्ठनले लामाका सकारात्मक पक्षहरुलाई उजागर गर्ने गरी काम गरिरहेको बताए ।